तिप्लिङ न्यूज,

२०७५ माघ ५ गते काठमाडौं


पहिलो गित “गोरि गोरि” बाट सांगीतिक यात्रा तय गरेकि गायिका बिना घले लोप्चनको यो भन्दा पहिलेको सेलो तथा म्हेन्दोमाया गितहरु पनि श्रोता तथा दर्शक माझ उत्कृष्ट अनि लोकप्रिय छन् । जसमा “बुट्टे चोली”, “ठ्याक्का तासैटिम”, “रातो चोलि”, “ती खेप खाबा बैशारि”, “मायाको रंग” पछि दर्शक श्रोताको लागि यतिबेला नयाँ कोसेली “तामाङ नाम्सारी” लिएर आएका छन् ।

तामाङहरुको महान पर्व ल्होछार नजिकिदै गर्दा सेलो गित संगित तथा म्हेन्दोमाया संगितको दुनियाँ तातिरहेको छ । कारण नयाँ नयाँ शब्द, संगित अनि स्वरमा अफिसियल म्युजिक भिडियोहरु धमाधम सार्वजनिक गर्ने क्रम पनि जारी छ । यसै क्रममा नुवाकोट बुङ्ताङकि चेली मीठो स्वरकी धनी लोकप्रिय म्हेन्दोमाया गायिका बिना घले र चर्चित सेलो गायक विशाल काल्तानको स्वरमा सजिएको “तामाङ नाम्सारी” को अफिसियल भिडियो ल्हप्सङ्कर्पोको युट्युबबाट सार्वजनिक भएको हो ।

गित संगितबाट आफ्नो जन्मभुमि अनि म्हेन्दोमाया गित संगितको समेत प्रचारप्रसार गर्ने उद्देश्यले यो गितको भिडियो छायांकन समेत आफ्नै गाउँ घरमै गरेको बताए ।

शब्द सन्त बहादुर तामाङ, संगित निर्देशन, छायांकन, सम्पादन रोशन फ्युबा तामाङको रहेको छ भने अभिनयमा म्हेन्दोमायामा लोकप्रीय मोडल आरम्भ तामाङ र नव मोडल पेम्बा शेर्पा देख्न सकिन्छ भने नृत्य निर्देशन सिंह बहादुर तामाङको रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।