तिप्लिङ न्यूज,

मिति २०७५ माघ ५ काठमाडौं

तामाङ ठिटो म त हजुर सेलोमै रमाउछु बोलको गितबाट योगेश लामालाई पुरुष तर्फ उत्कृष्ट सेलो गायकको अवार्ड प्राप्त भयको हो ।

त्यस्तै गरि गायिका रेश्मा बोम्जनलाई के सारो हेरेको च्याङबा बोलको गितबाट महिला तर्फ उत्कृष्ट सेलो गायिकाको अवार्ड प्राप्त भयको छ ।

रेश्मा बोम्जनको गित के सारो हेरेको च्याङबालाई शब्द संगित सन्जिब वाईबाले गरेका हुन ।

सिन्धुपाल्चोक जिल्लाको जिल्ला समन्वय समितिको सभापति कृष्ण गोपाल तामाङले शब्द रचना गर्नु भयको तामाङ ठिटो म त हजुर बोलको उक्त गितमा संगित गायक स्वयम योगेशले भरेका हुन ।

गायक योगेश लामा शास्त्रिय संगितका बिध्यार्थि भएपनि आफ्नो कला संस्कृति बचाउनकै निमित्त तामाङ सेलो गित संगित र लोक गित संगित गाउने गरेको बताउछन ।

संगितमा लागेको १ दशक हुदा बल्ला आफ्नो मेहेनतको कदर ईपिक नेपालले गरेको आभास प्रकट गर्छन गायक योगेश लामा ।

भिडियो
तामङ ठिटो योगेश लामा
https://youtu.be/LghRNvV5llE

भिडियो
के सारो हेरेको च्याङबा रेश्माबोम्जन
https://youtu.be/Ko-kulYpDAc