तिप्लिङ न्यूज,

मिति २०७५ पुस २३ सोमबार ,काठमाडौं

मापसेको चेक गर्न लारैछन दाईले पनि हल्का त ला रैछन बोलको गित बाईक चलाउदा जाँड रक्सि खानु हुन्न भन्ने सन्देश बोकेको गितले चर्चा कमाएका लोक गायक राजेन्द्र भन्डारिको बिलकुलै नयाँ गित २ रुपैयाँको सुपारि बोलको नयाँ गित सार्वजानिक भयको छ ।

यो नयाँ गितमा गायक राजेन्द्र भन्डारि र गायिका राधिका हमालको स्वर रहेको छ ।

गायक भन्डारिको आफ्नै शब्द संगितमा रहेको गितको भिडियोमा रिना थापा मगर , सन्जिब ठकुरि , रोजि खनाल र रमेश घिमिरेको अभिनय देख्न सकिन्छ ।

स्मृति तिमल्सिना गुरु आमाको निर्देशनमा बनेको भिडियोलाई सुरेश श्रेष्ठले खिचेका हुन ।
मेनुका खनाल भन्डारिको निर्माणमा बेनेको गितको संगित संयोजन कृष्ण पुनले गरेका छन ।
सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउपालिकामा जन्मेका लोक गायक भन्डारि यति बेला गित संगितमा ब्यस्त छन ।
२०६३ सालबाट सांङ्गितिक क्षेत्रमा लेखन सुरु गरेका उनले २०६८ सालदेखि आफै गित गाउन थालेका थिए ।

गित गाउन थालेको आधा दशक नबित्दै गायक भन्डारिले ५ दर्जन ६० भन्दा बढि गितमा आफ्नो आवाज दिसकेका छन । गित संगितको सबै विधामा उतिकै सक्क्षम उनले दुई दर्जन भन्दा भढी गीत आफैले लेखेका छन भने संगित पनि भरिसकेका छन।

गित संगित बाटै समाज बिकास गर्नु पर्छ भन्ने भाव बोकेका राजेन्द्र भन्डारिको अधिकांस गितहरु सामाजिक धारको रहेको छ ।

नयाँ गितको भिडियो: