बिसाखा गिरि र किरण गौतमको सुमधुर स्वरमा भिरको मौरि बोलको लोक दोहोरि युटुब मार्फत सार्वजानिक गरेको छ ।

गायिका बिसाखा गिरिको यो पहिलो सांगितिक कोसेलि हो । अरुको एल्बममा धेरै गितहरु गाय पनि आफ्नै एल्बम भने भर्खरै मात्र यो पहिलो सांगितिक कोसेलि बजारमा ल्याएको बताएका छन ।

सिन्धुपाल्चोक जिल्लाकि चेलि बिसाखाले संगितमा यात्र गरेको करिब आधा दशक भैसकेको छ ।

पहिलो गित बजारमा ल्याए लगतै बिसाखाको चर्चा पनि चुलिरहेको छ ।

किरण गौतमको शब्द तथा लय संकलन रहेको गितको भिडियोमा किरण गौतम, बिसाखा गिरि र सरिता पुनको अभिनय देख्न सकिन्छ ।

किरण गौतमकै निर्देशनमा बनेको भिडियोलाई सागर गौतमले खिचेका हुन । संगित संयोजन बिष्णु तामाङको रहेको छ भने भिडियोको सम्पादन प्रेम कुमार थारुले गरेका छन ।