तिप्लिङ न्यूज, 

मिति २०७५ पुस ३ गते सिन्धुपाल्चोक 

सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नं ५ मा पर्ने धार्मिक स्थान देवीथानमा प्रत्येक वर्ष मंसिर पुर्णिामाको दिन मनाउदै आएको मेला बिगतका वर्षहरुमा भन्दा यसपालि भने विशेष रुपमा सभ्य र भब्यका साथ मनाउने आयोजक मङ्सिर पुर्णिामा मेला ( जात्रा ) प्रबर्द्धन मुल आयोजक समिति र निरन्तर समाजसेवी विकास संघ नेपालको संयुक्तमा ऐतिहासिक, धार्मिक, लोप हुन लागेको पुरातात्त्विक सम्पदाको संरक्षण एवं सम्बर्द्धन, गर्ने मुल उद्देश्यका साथ यसलाई व्यापक रुपमा प्रचार प्रसारका साथ ( देविथान मेला तथा बृहत् साँस्कृतिक साँझ कार्यक्रम – २०७५) मनाउने भएको हो ।

सांस्कृतिक कार्यक्रमका लागि सेलो गायक आस्मन लोप्चन, जे. बि. जिम्बा, अनिल स्याङ्बो (पृथक), ओम वाईबा संचारकर्मी तथा मोडल प्रीतम तामाङ, पुसन लामा, अनुष्का दोङ, प्रेम गोले, जितेन पाख्रीन लगायत त्यहाँका जनप्रतिनिधि, समाजसेवीहरुको उपस्थिति र स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजक मङ्सिर पुर्णिामा मेला ( जात्रा ) प्रबर्द्धन मुल आयोजक समिति र निरन्तर समाजसेवी विकास संघ नेपालले जानकारी गराएका छन् । मेला यहि पौष ७ गते बेलुका ५ बजेदेखी सुरु हुनेछ ।