तिप्लिङ न्यूज,
मिति २०७५ मंसिर २५ काठमाडौं
तामाङ गित संगितमा र्यापको सुरुवात गर्ने गायक अभिनाश घिसिङ र मुना पाख्रीनको हिँउचुलिको काखैमा (डम्फुमा लाईसेन ठेक्का) बोलको गितको भिडियो सहित सार्वजनिक भएको छ ।
भिडियोलाई दोलखाको कालिन्चोक वरपरका अत्यान्तै रमणीय अनि पर्यटकीय स्थलहरुमा छायांकन गरिएको हो ।
भिडियोमा च्याङ्बा र मैच्याङ बिचको माया पिरतिको कथालाई समेटिएको छ । अभिनयमा अभिनाश घिसिङ र मान्षि लामाले देख्न सकिन्छ ।
चितवनमा जन्मिएकी मुना पाख्रीन आफैंमा मिलनसार, शालिन, राम्रो भावना भएकी एक प्रतिभाशाली गायिका हुन् ।
प्रवासमा रहेर पनि नेपाली गित संगितमा अनवरत रुपमा लागि परेकी पाख्रीन आफुलाई श्रोता दर्शक माझ परिचित गराउने क्रममा छिन् ।
उनको यो भन्दा अघिको “झिमिक्कै परेली”, म उस्तै नै छु”, “फुल फुल्यो ढकमक्क”, “तिम्रो माया दामी” जस्ता गितहरु श्रोता दर्शकहरुले रुचाएको गितहरुमा पर्दछ ।
,यसै क्रममा भर्खरै युट्युब मार्फत सार्वजनिक भएको भिडियोलाई यो समचार तयार हुने बेला सम्ममा करिब ५७ हजार पटक हेरिसकेका छन । सबैले रुचाएको र राम्रो प्रतिकृया समेत यस भिडियोले पाईरहेको छ ।
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोला ;