तिप्लिङ न्यूज ,

मिति २०७५ मंसिर २१ काठमाडौं

केही महिना अघि मात्र दर्शक स्रोताका लागि तोर तोर माबर भन्ने सेलो गित बजारमा ल्याएका गायक पवन राज स्याङबोको त्यो गित लगतै बाङथलि गाउको म च्याङबा भन्ने अर्को गित बजारमा आयको थियो ।

यी दुई गितले राम्रो बजार लिरहेको छ । आफ्नो गितले राम्रो बजार लिरहेको बेला गायक पवनले फेरि तत्कालै नयाँ सेलो सोलुको मैच्याङ ल्याउने तयारि गरिरहेको छ ।

भर्खरै मात्र छायांकन सम्पन्न गितको भिडियो अब केही दिनमै स्रोता दर्शकले हेर्न पाउने गायक पवन राजले हामिलाई जानकारि दिएका छन ।
विष्नुमान योन्जनको शब्द सुक्राम लामाको संगितमा रहेको गितको भिडियोलाई निर्देशन भने सुमन तामाङले गरेको हो ।

राजेस बिसिको छायाङकन रहेको भिडियोमा सुमन तामाङ र बिमला तामाङको अभिनय देख्न सकिन्छ ।

बाङथलि गाउँको भिडियो