तिप्लिङ न्यूज,
मिति २०७५ मंसिर १५ काठमाडौ

लगातारको दुईदिन सुटिङ भयको गायक सन्तोष लामा वाईबाको बिलकुलै नयाँ गित माथि माथि लेकमा सार्वजानिक भयको छ ।

दोलखाको पर्यटकिय क्षेत्र खरिढुङगा र कालिन्चोक आसपासमा गितको छायांकन भयको थियो ।

बुद्ध लामा तितुङको निर्देशनमा बनेको भिडियोलाई रामेश्वर जिरेरले खिचेका छन भने शब्द संगित अमर लामा बम्जनको रहेको छ ।
भिडियोमा कलाकारहरु रबिता मगर , ममता मोक्तान, सुरज लामा र जीवन मानन्धरको अभिनय देख्न सकिन्छ ।

श्रृङगार यामर सिं ब्लोनले गरेका हुन ।
राम्रो मेहेनतका साथ बनाईएको भिडियो राम्रै भयको समिक्षकहरुको भनाई छ । सबै स्रोता दर्शकले मनपराउने आशा पनि निर्माण पक्षको रहेको छ । यस भिडियोलाई क्लिक नेपाल युटुब च्यानल बाट सार्वजानिक गरियको हो ।

दर्जन भन्दा बढि गित गाईसकेका गायक सन्तोषको यो भन्दा अगाढिनै बाध्यता नामक एल्बम बजारमा आईसकेको छ ।

बाध्यताले आईपुगे म यो बिरानो सहरमा , लेक माथि फुल्ने गुरास जस्ता गितले सन्तोषको चर्चा चलिरहेकोबेला यो अर्को प्रस्तुतिले सन्तोषको चर्चा झनै चुलिदै गएको छ । भिडियो नबन्दै धेरै स्रोता दर्शकले मन पराएका यस गित माथि माथि लेकलाई अझै स्रोता दर्शकको माया मिलोस गायक सन्तोष लामा वाईबालाई शुभकामना ।

भिडियो ।