तिप्लिङ न्यूज,
मिति २०७५ मंसिर १० काठमाडौ

लगातारको दुईदिन सुटिङपछि बल्ल गायक सन्तोष लामा वाईबाको बिलकुलै नयाँ गित माथि माथि लेकमा बोलको गितको छायांकन सम्पन्न भयको छ ।

दोलखाको पर्यटकिय क्षेत्र खरिढुङगा र कालिन्चोक आसपासमा गितको छायांकन भयको हो ।

बुद्ध लामा तितुङको निर्देशनमा बनेको भिडियोलाई रामेश्वर जिरेरले खिचेका छन भने भिडियोमा कलाकारहरु रबिता मगर , ममता मोक्तान, सुरज लामा र जीवन मानन्धरको अभिनय देख्न सकिन्छ ।

श्रृङगार यामर सिं ब्लोनले गरेका हुन । भिडियोमा ड्रोन क्यामेर सुरेस घिसिङले चलाएका छन ।

राम्रो मेहेनतका साथ बनाईएको भिडियो सबै स्रोता दर्शकले मनपराउने आशा निर्माण पक्षको रहेको छ । यस भिडियोलाई चाँडैनै दर्शकहरुले क्लिक नेपाल युटुब च्यानल बाट हेर्न पाउने गायक सन्तोष लामा वाईबाले बताएका छन ।
दर्जन भन्दा बढि गित गाईसकेका गायक सन्तोषको यो भन्दा अगाढिनै बाध्यता नामक एल्बम बजारमा आईसकेको छ ।

बाध्यताले आईपुगे म यो बिरानो सहरमा , लेक माथि फुल्ने गुरास र हिमालि ठाउँ दोलखालि गाउँ चरिकोट चिटिक्कै जस्ता गितले सन्तोषको चर्चा चलिरहेकोबेला यो अर्को प्रस्तुतिले सन्तोषको चर्चा झनै चुलिने समिक्षकहरुले बताएका छन । भिडियो नबन्दै धेरै स्रोता दर्शकले यस गित माथि माथि लेकलाई मन पराएका छन ।

– गितको बोल
माथि माथि लेकमा घुम्नमा जाँदा,
गुन्द्रुकको अचार च्याख्लाको भात ।

च्याङबाको जोवन फसाईमाहाल्ने
बैमानि रैछ मैच्याङको जात ।।