सञ्जय तामाङ, मेलम्ची, मंसिर २,
सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिमा भएको दोस्रो जिल्ला स्तरीय जितबहादुर खड्का स्मृति पाँचपोखरी सुपर 8s (एट्स) क्रिकेट प्रतियोगिताको उपाधी आयोजक पाँचपोखरी क्रिकेट क्लबले हात पारेको छ । फाइनलमा बाह्रबिसे क्रिकेट क्लबलाई ५ वीकेटले हराउँदै आयोजक पाँचपोखरी क्रिकेट क्लबले उपाधीमाथी कप्जा जमाएको हो । जीत सँगै पाँचपोखरीले ५० हजार नगद सहित ट्रफी हात पारेको छ । उपबिजेता बनेको बाह्रबिसेले ३० हजार नगद हात पारेको छ ।

टस जितेर ब्याटिङ रोजेको बाह्रबिसेले ५ ओभरमा ७ वीकेट गुमाएर ३६ रन मात्रै बनाउन सकेको थियो । ३७ रनको लक्ष्य पाँचपोखरीले मात्र १३ बलमा २ वीकेट गुमाएर भेट्टाएको हो । पाँचपोखरीको जितमा राजु धितालले ४ बलमा १३, राजन धितालले ५ बलमा ८ तथा महेस देउजाले ६ बलमा ६ रन बनाउनुभएको थियो । बाह्रबिसेको इनिङलाई धरासायी बनाउनेक्रममा पाँचपोखरीका बिजय धितालले ३ वीकेट लिनुभएको थियो । त्यस्तै राजु धिताल, महेस देउजा र अजय धितालले समान एक एक वीकेट हात पार्नुभएको थियो ।

पाँचपोखरीका बलरहरुको धारीलो बलिङ सामु बाह्रबिसेका कुनैपनि ब्याट्स्म्यानले खुलेर खेल्न सकेनन् । बलिङतर्फ बाह्रबिसेका बिजेस श्रेष्ठ तथा पवन श्रेष्ठले एक एक वीकेट हात पार्नुभएको थियो ।

भोताङ छोइलिङ क्रिकेट क्लबका रमेस तामाङ प्रतियोगीताको उत्कृष्ठ ब्याट्सम्यान भएका छन् । त्यस्तै पाँचपोखरीका अजय धिताल उत्कृष्ठ बलर तथा पाँचपोखरीकै बिजय धिताल प्रतियोगिताको म्यान अफ द सिरिज घोषित हुनुभएको छ । तीनै खेलाडीले काठमाडौको वाई वाई ग्रेट हिमालय क्रिकेट एकेडेमीमा एक वर्षे निःशुल्क प्रशिक्षणको सुविधा समेत प्राप्त गरेको छ । गरेको आयोजकले जनाएको छ ।

त्यसैगरी उदयमान खेलाडि चुनीनुभएका थाङ्पालधाप क्रिकेट क्लबका सार्थक धिताललाई नेक्सस क्रिकेट एकेडमी, काठमाडौको तर्फबाट एन सि ए दिल्लीमा १ बर्ष निशुल्क प्रशिक्षणको ब्यवस्था गरिने आयोजकले जनाएको छ ।

कार्तिक २९ मा पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टासी लामाले उद्घाटन गर्नुभएको प्रतियोगिताको समापन आज प्रदेश नम्बर ३ का सामाजिक विकाश मन्त्री युवराज दुलालको प्रमुख आतिथ्यतामा भएको हो ।