सञ्जय तामाङ कार्तिक २० मेलम्ची,
महिला आत्मनिर्भरता केन्द्र मेलम्चीले दलित बालबालिकाहरुका लागी सोमबार एक थान उफर बितरण गरिएको छ । सिन्धु दलित एकता बाल क्लबले दिपावलीको अवसर पारेर यहि कार्तिक २१ र २२ गते गर्न लागेको जनचेतनामूलक देउसी भैलो कार्यक्रमका लागी केन्दले उफर सहयोग गरेको हो । सिन्धु जागरण युवा क्लब मेलम्ची ५ सिन्धुकोटको समन्वयमा बाल क्लबलाई उफर हस्तान्तरण गरिएको दलित एकता संजाल सिन्धुपाल्चोकका अध्यक्ष एवम् दलित एकता संजाल अन्तराष्ट्रिय समन्वय समिती सदस्य सुनिल मिजारले जानकारी दिनुभयो । क्लबका अध्यक्ष शंकर मिजारले सहयोगका लागी संस्थाप्रति आभार ब्यक्त गर्नुभयो । उफर हस्तान्तरण पछि मांकका लैङ्गिक अधिकृत संगिता खड्काले यसको संसक्षणमा ध्यान दिने र क्लबले चेतनामुलक कार्यक्रम गर्ने तथा क्लबको हितमा प्रयोग गर्ने आशा सहित सहयोग गरेको बताउनुभयो ।