कात्तिक १२, २०७५

चौतारा ः स्वास्थ्यमा समस्या देखिएपछि सोमबार बिहान शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको शिक्षण अस्पतालले जनाएको छ ।
अस्पतालले पत्रकार सम्मेलन गर्दै छातिमा संक्रमण र चिनीको मात्रा असन्तुलित भएको कारण अस्पतालमा भर्ना गरिएको पनि अहिले सुधार भएको जानकारी गराएको हो ।
प्रधानमन्त्रीको स्वास्थ्व सुधारोन्मुख र स्थिर रहेको शिक्षण अस्पतालमा कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठले जानकारी गराएका हुन् ।
प्रधानमन्त्री ओली अस्पतालमा भर्ना भएदेखि पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, शेरबहादुर देउवासमेत अस्पताल पुगेर प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे जानकारी लिएका थिए । त्यस्तै अस्पतालमा पार्टीका नेता तथा कार्यकर्ताको घुँइचो लागेको थियो ।