सेलो गायक अमृत योन्जन को दुर्घटनामा परि मृत्यु

224
  1. तिप्लिङ न्युज,

२०७५ मङ्सिर १ सिन्धुपाल्चोक

सवारी दुर्घटनामा परी लोकप्रिय गायक अमृत लामा योञ्जनको निधन भएको छ । योञ्जनको दोलखामा हिजो मिति २०७५/७/३० गते भएको ट्याक्टर दुर्घटनामा परी निधन भएको हो । योञ्जन सेलो गीतका गायक हुन् । उनका ‘पुरानो माया’, ‘होइ च्याङ्वा’ जस्ता लोकप्रिय सेलो गीत गाएर चर्चामा छन् ।

प्रहरीले आज बिहान दोलखाको बीगु गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनामा उनको निधन भएको जनाएको छ । आज विगु गाउँपालिका–३ बुलुङमा लु ३ त ९७२३ नंको ढुंगा बोकेको ट्याक्टर दुर्घटना हुँदा त्यसमा सवार ४४ वर्षीय गायक योञ्जनको निधन भएको इलाका प्रहरी कार्यलय सिँगटीका प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिए । गायक योन्जन नेपाली काङ्ग्रेस का जिल्ला कार्यसमिति का सदस्य समेत हुन ।