तिप्लिङ न्यूज,

मिति २०७५ असोज २१ काठमाडौं 

पवन राज स्याङबो र इन्दिरा गोलेको सुमधुर आवाजमा मनै छुने गित तोर तोर माबर तामाङ गित सार्वजानिक भयको छ ।

पर्देशिको कथा ब्यथा समेटि तयार पारियको तामाङ गितको भिडियो क्लिक नेपाल युटुब च्यानल बाट सार्वजनिक गरेको हो ।

सपूत दोङको सब्दमा रहेको गितको संगित अमृत लामाले गरेका हुन । अशोक लोहोरुङको संगित संयोजन रहेको गितले यतिबेला युटुबमा आफ्नो राम्रो स्थान लिरहेको छ । सम्भु मोक्तान द्वरा निर्देशित भिडियो पर्देशि भुमि मलेशियामानै छायाङकन गरियको छ । कोष बोम्जनले छायाङकन गरेको भिडियोमा सम्भु र हिम शिला लामको अभिनय देख्न सकिन्छ । भिडियोलाई जोड्ने काट्ने मिलाउने काम भने ललित सिंह साउदको रहेको छ ।

काभ्रे जिल्लाको चौरि देउरालि गाउँ पालिका वडा नम्बर १ सानो बाङथलिमा जन्मेका गायक पवन राज स्याङबोले अहिले सम्म चार वटा गितहरु रेकर्डिङ गरिसकेको छ । तामङ गित संगित प्रति आफ्नो छुट्टै प्रेम रहेको बताउछन गायक पवन राज स्याङबो । तामाङ गित संगितबाट आफ्नो कला सास्कार सस्कृति जोगाउन हरदम लागि पर्नु पर्छ भन्ने भाव बोकेका पवनले सोलुको मैच्याङ ,बाङथलि गाउको म च्याङबा, तिला मन्सि र तोर तोर माबर भन्ने गितहरु गायको हो ।

भर्खरै मात्र सार्वजानिक भयको गितमा पर्देशिनु पर्दाको पीडा पर्देशि भुमिमा रहदा हुने कष्ट र दुखै दुख भोग्दा आफु जन्मेको गाउँ ठाउँको सम्झनाले सताएको कुरा गितले प्रस्तुत गरेको छ ।