तिप्लिङ न्यूज,
मिति २०७५ अशोज २१ काठमाडौं
करण केसीको अलराउण्ड प्रदर्शन र सन्दीप लामिछानेले लगातार दोस्रो पटक ५ विकेट लिएपछि टी–२० वर्ल्डकप क्वालिफायर एसिया रिजनल ग्रुप बी को खेलमा नेपालले थाइल्याण्डलाई डिएल मेथडमा १४० रनले पराजित गरेको छ ।
नेपालले दिएको १७३ रनको लक्ष्य पछ्याएको थाइल्याण्डले खराब ब्याटिङ गरेको गर्दै ८ दशमलब ५ बलमा ९ विकेट गुमाएर १८ रन बनाएको अवस्थामा पानि परेर खेल रोकिएपछि । डिएल मेथडबाट नेपाललाई विजयी घोषणा गरेको हो । त्यसअघि सन्दीपले ३ ओभरमा १ मेडन राख्दै ८ रन खर्चेर ५ विकेट लिए । यस्तै ब्याटिङमा शानदार प्रदर्शन गरेका करण केसीले ३ विकेट लिए । थाइल्याण्डका कुनै पनि खेलांडीले दोहोरो अंक छुन सकेनन् । मलेसियाको क्वालालम्पुरस्थि बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको थियो । नेपालको लागी करण केसीले नटआउट ४० रन बनाए । आठौँ नम्बरमा ब्याटिङ गरेको करणले आक्रमक ब्याटिङ गर्दै १४ बलमा २ चौका र ४ छक्का प्रहार गरे । अन्तिम ओभरमा करण र सोमपाल मिलेर नेपालका लागि २४ रन जोडे। जसमा करणले लगातार तीन छक्का सहित २१ तथा सोमपालले ३ रन बनाए । यस्तै शरद भेषावकरले ३४, दीपेन्द्र सिंह ऐरीले ३० तथा अनिल शाहले २५ रन जोडे । विनोद भण्डारीले १५ रन बनाए। आरिफ शेख ८, कप्तान पारस खड्का ५ र उपकप्तान ज्ञानेन्द्र मल्ल ७ रन बनाएर आउट भए । थाइल्याण्डका लागि पी सनगार्डले ४ विकेट लिए ।
लगातार तेस्रो जितपछि ३ खेलबाट ६ अंक जोडेको नेपाल अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ । ३ खेल नै जितेको सिंगापुरको पनि ६ अंक छ । रनरेटमा सिंगापुर नेपाल भन्दा पछि छ ।