तिप्लिङ न्यूज , 

मिति २०७५ असोज १० काठमाडौं 

मृगौला पिडित राजकुमार मगर बचाउ सहयोगार्थ सास्कृतिक कार्यक्रम यहि असोज २० गते नगरकोटमा हुने भयको छ ।

सेवानै धर्य हो भन्ने मुल आसयका साथ वाङछु राज वाईबाको संयोजनमा यो कार्यक्रम हुन लागेको हो । कार्यक्रम राष्ट्रिय तथा स्थानिय कलाकारको बेजोड सास्कृतिक प्रस्तुति पनि रहेने छ ।

कार्यक्रममा कलाकारहरु सुक्र लामा दोङ , प्रयास दोङ , जितु लोप्चन , आस्मान लोप्चन , बैरागि मोक्तान , बसन्ति लामा , प्रतीक ब्लोन , जगत घिसिङ , ओम तामाङ वाईबा , अभिषेक तामाङ , सृजना तामाङ , मुस्कान योन्जन , वाङछु राज वाईबा , अनिश मोक्तान र महेस घिसिङको सास्कृतिक प्रस्तुति रहेने छ ।

कन्चन चन्द्र बादेको प्रमुख आतिथ्यतामा हुने कार्यक्रमलाई संचारकर्मि सुदिन दोङले संचालन गर्ने छ ।