तिप्लिङ न्यूज

मिति २०७५ अशोज ६ काठमाडौ 

गायक तथा संगितकार छेवाङ डि स्याङबोको यो ज्यान मेरो पर्देशमा बोलको गित सार्वजानिक भयको छ ।

अहिले सम्म सेलो आधुनिक पप गरेर आदा दर्जन भन्दा बढि गित गाईसकेका छेवाङको यो भने पहिलो गित हो । अन्य गितहरु डम्फु बजाउदै, छ्युर्पि त मीठो , दुख पर्दा , हाम्रो मेलम्चि , सोल्टिनि कान्छि जस्तो लोकप्रिय गित बजारमा आईसके पनि यो पहिलो गितको भिडियो भने भर्खरै मात्र सार्वजानिक भयको छ ।

यो ज्यान मेरो पर्देशमा बोलको गितमा शब्द जीवन बोम्जनको रहेको छ भने संगित आर.भि लामाको रहेको छ । संगित संयोजन सिला बहादुर मोक्तानले गरेका हुन । मोडल ओम तामाङ वाईबा अभिनित यो १४ औ भिडियो हो । यस गितको भिडियोमा निर्देशन ओमकै रेहेको छ भने छायाङकन अनिल स्याङबो प्रिथक गरेका हुन । भिडियोमा ओमलाई मुना स्याङबोले साथ दिएकि छिन । गोल्चे संचारबाट सार्वजानिक गरेको भिडियोलाई जिग्मे मिडियाका सुर्य लामाले सम्पादन गरेको हो ।