मिति २०७५ असोज ३ काठमाडौ 

`तामाङ एकताको लागि हाम्रो अभियान´ भन्ने मुल नाराका साथ नेपाल तामाङ कलाकार संघको ११ औ साधरण सभा हुने भयको छ ।

११ औ साधरण सभा यहि मिति २०७५ असोज ६ गते शनिवार हुने भयको हो ।

कार्यक्रममा तामाङ एकताको आधार एकै ठाउ र एउटै तिथि मितिमा ल्होछार भने बिषयमा बिचार मन्थन गरिने संघका अध्यक्ष सन्जिव वाईबाले जानकारि दिनुभएको छ । कार्यक्रम दिउँस १२ बजेे दि साझ लन्ज बार नयाँबस्तिमा सुरु हुने छ ।

११औ साधरणसभा एवम बिचार मन्थन कार्यक्रममा प्रमुख अतिथि पूर्व कानुन मन्त्री माननिय शेर ब तामाङ ,बिशेष अतिथिहरु कमान सिं लामा (पुर्व राजदुत कोरिया) , मोहन गोले (नेपाल तामाङ घेदुङ), बिर ब. योञ्जन ( नेपाल राष्ट्रिय तामाङ घेदुङ), अजित मान तामाङ , निमा गेसे (तामाङ बौद्ध महासंघ), सोनम् ग्यूर्मे (लामा गुरु ), मिलन मोक्तान( साधना कला केन्द्र) साथमा अन्य अतिथिहरुको उपस्थिति रहने छ ।

सोही दिन नयाँ सदस्यता पनि वितरण गर्ने संघको सचिव विशाल काल्तानले जानकारि दिनुभयो ।

कार्यक्रममा सम्पूर्ण तामाङ कलाकारहरु , पत्रकारहरु र संघलाई माया गर्नुहने सबैमा उपस्थितिको लागि अनुरोध गरेका छन ।