रितिक नेपालको कविता – प्रेत निर्मला

123

कविता-प्रेत निर्मला

म देख्न सक्छु
छून सक्दीन
सुन्न सक्छु महसूश गर्न सक्दीन
म हावा बनेर उडीरहेको छु
यदी म फेरी प्रकट हुँन्थे भने
एक एक कामुक अंगहरू
छेदन गर्दीनेथियँ मानव रूपी दानवहरूका

“न्याय नपाए गोरखा जानु ”
यो कुन मुर्खले लेखेको युक्ति हो?
आँखा छोपीएको कानून भएको देसमा
हात फैलाएर न्याय माग्नू त
ढूङ्गा बोल्छ भनेर पुजा गर्नू बराबर हो ।

जनताको लागी
जनता द्वारा
जनता ले लेखीएको कानूनको
त्यो धारा हरू मेटाईदीए हुन्छ
जाँहा लेखीएको छ हत्यारा र बलात्कारी लाई
जन्मकैदको सजाय

यहाँ ठुलालाई कानुन लाग्दैन
जो जनताको सेवा गर्न बसेको छ नी
हो उस्ले
कानुनको धज्जी उडाएर
जर्साब कर्साब र महाराज हरूको नुन खाएको छ ।
त्यसैले त निर्दोषको छाती ताकि ताकी
तातो गोली बर्षाउँदा कसैले रोक्न सकेन ।

बा आमा
फर्कीनुस् घर
यो सतीहरूले सरापेको देस हो
हामी जस्ता गरीबले पाउँदैनौ न्याय
म त रहीन रहीन
नन्दप्रसाद दम्पति जस्तै
कालो सहरको फुटपाथमा
हजुर हरूको कुकुर मरण भएको हेर्न सक्दीन ।

जनताको छोराछोरीले बाटो काट्दा
जेल बस्नुपर्ने देसमा
ठुल्ठुला भुँडेहरूका छोराछोरीले
हत्या र बलात्कार गर्दा कानून नलाग्ने
यो कस्तो देस हो?

रितिक नेपाल /सिन्धुपाल्चोक