तिप्लिङ न्यूज ,

मिति २०७५ भदौ २८ काठमाडौ 

तामाङ कथानक चलचित्र “सेर्कु”को विशेष प्रदर्शन यहि भदौ ३० गते गर्ने भयको छ ।`सेर्कु´ को विशेष प्रदशन राष्ट्रिय नाचघर जमल काठमाडौमा दिनको ठिक १ बजे हुनेछ ।

प्रदर्शन गर्ने दिन नजिकिदै गर्दा चर्चापरिचर्चा निकैनै चलिरहेको छ । यस चलचित्रको टेलर पनि सार्वाजनिक गरीसकेको छ । तामाङ कथानक चलचित्र “सेर्कु”को दुई वटा गितहरु तामाङ समुदायले सोचे भन्दा बढि मनपराएका छन ।

चलचित्रको टाईटल गित “सेर्कु ङाला ह्रो हिन्ना” लाई स्वर अमृत लामा र जितु लोप्चनले दएको हो ।
शब्द संगित राजकुमार मोक्तानले गरेका छन भने संगित संयोजन आर बि सिङ्दानले गरेका छन ।  त्यस्तै समुदायको बिसुद्ध बिल्कुलै ताम्बा डम्फुरे गितमा भने शब्द जीवन बम्जन र संगीत र स्वर आर.बि. लामा सिङ्दानको रहेको छ ।

यस चलचित्रमा ॠतुराज पाख्रीन, सुस्मा मोक्तान, सुस्मा थिङ, उर्मिला वाईबा, चाँदनी मोक्तान लाई प्रमुख भुमिकामा देख्न सकिन्छ । बैरागी मोक्तान, श्याम लाल योन्जन, बिकाश स्याङतान, मुस्कान तामाङ, योगेश मोक्तान, किरण तामाङ, निमा दावा रूम्बा, गोपिरामा तामाङ आदिको पनि `सेर्कु´ मा जोडदार अभिनय रहेको छ ।

चाँदनी मोक्तान तामाङ चलचित्रमा ८ वर्ष पछि पुन प्रबेश गरेका हुन भने केही चलचित्र जगतमा नयाँ अनुहारको अागमान भएको छ । कथा, पटकथा, संवाद ॠतुराज पाख्रिन र निर्देशन राजकुमार मोक्तानको रहेको छ  ।

कोरियो ग्राफर, छायाँकन, सम्पादनमा गायक तथा संगितकार  रोशन फ्युबाले सम्हालेका छन । सृंगार दिपेन्द्र हमाल, भेषभुषामा सरिता तामाङ रहेको र प्रिन्स मुभिज एण्ड एक्स्ट्राभेग्यान्जा प्रा लि को ब्यानरमा निर्माण भएको र पोष्ट प्रोडक्शन भने ल्हाप्साङकार्पो म्युजिक सेन्टरले गरेको छ । चलचित्रलाई राज कुमार मोक्तान र सिद्धार्थ मोक्तानले निर्माण गरेको हो भने निमा दावा रुम्बा तामाङ र तेन्जिङ शेर्पा ह्याल्मोले सह-निर्माताको रुपमा काम गरेको छ ।

चलचित्रका सबै टिमले तामाङ चलचित्रलाई माया गर्न र कमिकम्जोरि औलाई कलाकार अघि बड्न सल्लाह सुझाब दिन एक चोटि चलचित्र हेर्न समेत आग्रह गरेका छन