मिति २०७५ भदौ २५ गते काठमाडौं 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रष्ठिान जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले हरितालिका तिजको अवसरमा बृहत् सास्कृतिक कार्यकाक्रम गर्ने भयको छ ।

यहि भदौ २९ गते शुक्रबार सिन्धुपाल्चोक जिल्लाको मेलम्ची बजारमा जनचेतनामुलक तिज धमका हुन लागेको हो ।

कार्यक्रम मावन बेचबिखन तथा ओसारपोसार रोकथाम गर्न, वैदेशिक विकृतिलाई न्यूनिकरण गर्न, श्रम र श्रमिकहरुको समस्या समाधान गर्न र संस्कृतिको जर्गेना गर्न सामाजिक जनचेतनामूलक तिज विशेष बृहत्त सांस्कृतिक कार्यक्रम हुने प्रतिष्ठानका अध्यक्ष योगेश लामाले बताएका छन ।

कार्यक्रममा विभिन्न सेवामुलक संघ सस्थाले साझेदारि गर्दै आयोजना गरेका छन । राष्ट्रिय लोक तथा दोहोरि गित प्रतिष्ठान , अन्तरपार्टि महिला संजाल मेलम्चि र वर्क फर नेपाल फाउन्डेसन ललितपुरले संयुक्त रुपमा आयोजना गरेको हो ।

अध्ययक्ष योगेश लामाको भनाई अनुसार ‘भदौ २८ गते राष्ट्रिय लोक तथा दोहोरी प्रष्ठिानको अधिवेशन र २९ गते बृहत साँस्कृतिक कार्यक्रमसँगै कलाकार तथा विभिन्न स्रष्टाहरुलाई सम्मान गरिने छ ।

कार्यक्रममा राष्ट्रिय गायक गायिका एवम कलाकारहरु प्रेम लोप्चन , ईन्दिरा गोले , दिनेश काफ्ले , भिमसेन खतिवडा , सरोज मोक्तान, काउलि बुढि, योगेश लामा , नविन खड्का , आस्मान लोप्चन , रविन भुजेल , प्रदिप रोक्का, सृष्टि महर्जन , रिता बुढाथोकि , कल्पना दाहाल , राजेन्द्र भण्डारि, ओम तामाङ वाईबा र सरिता थापा लगायतको बेजोड सास्कृतिक प्रस्तुति रहने छ।

कार्यक्रममा आसपासका पायक पर्ने सबै दर्शकलाई उपस्थित भई कार्यक्रमको सोभा बढाईदिन आयोजक टिमले हार्दिक अनुरोध गरेका छन ।