मिति २०७५ भदौ २२ सिन्धुपाल्चोक, चौतारामा 

सिन्धुपाल्चोक जिल्ला चौताराको बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियन”स्ववियूले तीजको अवसरमा दर खाने तथा भब्य साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।

नेपाल कम्युनिस्ट पार्टिका केन्द्रीय सदस्य कमरेड कृष्ण प्रशाद सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भयको कार्यक्रमको सभापति भने स्वतन्त्र बिध्यार्थि युनियन चौतारा बहुमुखि क्याम्पसका सभापति एवम अखिल क्रान्तिकारी बिध्यार्थि संगठन सिन्धुपाल्चोकका जिल्ला अध्यक्ष मिलन लामा हुनुहुन्थ्यो ।

हरितालिका तिजको अवसरमा आयोजित दर खाने तथा सांस्कृतिक कार्यक्रममा ने.क.पा.का युवा नेता तथा उपरास्ट्रपतिका छोरा दिपेश पुन र अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य कल्पना वाईबा समेत सिन्धुपाल्चोकमा दर खाने तथा साँस्कृतिक कार्यक्रममा सहभागि हुनुहुन्थो ।

सास्कृतिक कार्यक्रममा लोक गायक सुर्यमाणि आचार्य , पप गायक चन्द्र सिं तमु , सागर परियार , सेलो गायक आस्मान लोप्चन ,लोक गायिका झरना पुन मगर र लोक गायिका सपना थापाले बेजोड प्रस्तुति दिनुभयको थियो।

कार्यक्रममा घम्सा घम्सि दोहोरि चल्दा युवा नेता ईन्द्रजित तिमल्सिनाले समेत दोहोरि गाउन भ्यउनु भयो ।