मिति २०७५ भदौ ११ काठमाडौं 

गायक तथा संगितकार निरोज लामाको आफ्नो स्वर तथा संगितमा रहेको गित मकै भटमास युटुब बाट सार्वजनिक गरिएको छ ।

संगित संयोजन समेत आफैले गरेको गितमा शब्द भने लेखु सहयात्रिको रहेको छ ।
सक्क्षम तामाङले निर्देशन गरेको भिडियोलाई दिप्सन डङगोलले खिचेका छन । ह्यारि महर्जनले सम्पादन गरेको भिडियोमा नयाँ डान्स क्र्युले फिचरिङ गरेको हो ।

निरोज लामा एक राम्रो संगितकार मात्र नभई कुशल गायक पनि हुन । अहिले सम्म निरोजको दर्जन भन्दा बढि गितहरु युटुबमा भेटाउन सकिन्छ । लामो समय संगितको अभ्यास गरेकै कारण अावाजमा निखार्ता र काम उत्कृष्टता देखिन्छ । सबैखाले गित गाउन सक्ने निरोजले अाधुनिक , पप , लोक पप , आरएनबि पप , सेलो र दोहोरि गायका छन ।