मिति २०७५ भदौ १० ओम तामाङ वाइबा 

पाँचपोखरि थाङपालगाउँपालिका लाई खेलकुदको माध्यम बाट विश्व सामु चिनाउने उदेश्य अनुरुप गरिएको पाँचपोखरि हाफ म्याराथुन पुरुष तर्फमा जुम्लाका धिरज बुडा प्रथम हुनुभएको छ ।

२४ किलो मिटरको दुरिमा ९२ जना प्रतिस्पर्धिलाई पछि पार्दै २ घण्टा ९ मिनेट ५३ सेकेन्डमा दौड पूरा गरि धिरज बुडा प्रथम हुनु भएको हो ।
ओखलढुङगाका सुबास कार्किले २ घण्टा २४ मिनेट १९ सेकेन्डमा आफ्नो दौड पूरा गर्दै दृतिय र सोलुका सुमन कुलुङ राईले २ घण्टा २५ मिनेट ४० सेकेन्डमा आफ्नो दौड पूरा गरि तृतिय हुनु भयको छ ।

दौड ४२०० मिटरको उचाईमा रहेको पाँचपोखरि मन्दिर बाट सुरु भई भोताङको रैथानेमा आईपुगि समापन गरिएको छ ।

महिला तर्फ भने भुमि बुडा मगर प्रथम हुनु भयको छ । ३ घण्टा ७ मिनेट ५८ सेकेन्डमा आफ्नो दौड पूरा गर्दै प्रथम हुनु भयको हो ।


प्रिया तामाङले आफ्नो दौड ३ घण्टा १३ मिनेट २६ सेकेन्ड पूरा गर्दै दृतिय र रसिला तामाङले ३ घण्टा १३ मिनेट ४५ सेकेन्डमा पूरा गर्दै तृतिय हुनु भयको छ ।
पुरुष र महिला दुबेै प्रथम दृतिय र तृतियलाई क्रमश ५० हजार , ३० हजार र २० हजार नगदको साथै सिलमेडल र प्रमाणपत्र दिएको छ ।