गायक तथा संगितकार छेवाङ डि स्याङबोको यो ज्यान मेरो पर्देशमा बोलको गितको छायांकन सम्पन्न भयको छ ।सिन्धुपाल्चोक जिल्लाको माथिल्लो भेेग भोतााङमा गितको छायांकन गरिएको हो । ओम तामाङको निर्देशन रहेको गितमा ओम तामाङ र मुना स्याङबोको अभिनय रहेको छ ।गोल्चे संन्चारको प्रस्तुतिमा तयार हुने यस भिडियोलाई अनिल स्याङबोले खिचेका छन ।

एउटा युवा बाध्यताले बिदेश जानू पर्दा गाउँ घरको सम्झनाले सताएको कथा ब्याथालाई भिडियोमा समेटिएको निर्देशक ओम तामङ वाईबाले जानकारी दिएका छन । गितको शब्द जीवन बोम्जनको रहेको छ भने संगित आर.बि लामाले भरेको हो। भिडियो निर्माणमा प्रितम तामाङले विशेष सहयोग रहेको छ । भिडियो चाँडैनै युटुब बाट सार्वजनिक गरिने जानकारी प्राप्त भयको छ ।