नेपाल प्रवासी तामाङ समाज कतारद्वारा आयोजित शैक्षिक विकास कोषको सहयोगार्थ “दोस्रो ऐतिहासिक डम्फु साँझ २०१८” सम्पन्न भएको छ ।
२३ अगस्त २०१८ बिहिबारको दिन गल्फ प्याराडाईज होटलमा सम्पन्न कार्यक्रम तामाङ जातिको परिवर्तन,शैक्षिक तथा आर्थिक सुदृढिकरण भन्ने मुल नारालाई लिएर सन २००५ मा स्थापाना भएको समाजले तामाङ जातिको मौलिक संस्कार संगितिक लोक बाजा डम्फुको इतिहास र महत्व दर्साउंदै यसको संरक्षण सम्बर्द्धनको लागि यो बृहत् “डम्फु साँझ” साँस्कृतिक कार्यक्रम गरेको हुन ।

कार्यक्रममा समाजका अध्यक्ष तिर्थ थिङ तामाङको सभापतित्व र प्रमुख अतिथि नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष देवराज राइक रहेको थियो सो कार्यक्रममा बिशेष अतिथि एन आर एन ए कतारका प्रथम उपाध्यक्ष तेज कटुवाल,लामा गुरु,समाजका सल्हाकार लगायत मात्री संस्थाका प्रमुखहरु,बिभिन्न सामाजिक सस्था तथा बुद्दिजीवी हरुको उपस्थिति रहेको थियो  ।

म्हेन्दोमाया समाज दोहा कतारको अध्यक्ष प्रकाश मम्वा तामाङ, नेपाल तामाङ कलाकारसंघको अध्यक्ष सबिना लोप्चन तामाङ,सन्ध्या ग्रुप अलखोरको अध्यक्ष बिरेन्द्र कुमार याक्थुम्ब, रामेछाप दोहा सम्पर्क समितिको सचिव ललित लो, युनिक नेपालि भान्छा घरमा प्रबन्ध निर्देशक कमल , NRNA NCC Qatar का प्रथम उपाध्यक्ष तेज कटवाल , NRNA NCC कतारको ३ नं प्रदेशको संयोजक नारायण बिष्ट , नेपाल तामाङ घेदुङको पुर्व केन्द्रिय सदस्य रामचन्द्र ग्याबा, सगु प्रोडक्सनका प्रबन्ध निर्दशक गणेश अधिकारी संस्थापक तथा संरक्षक ,प्रमुख सल्लाहकार ,विशेष सल्लाहकार,सम्पुर्ण सल्लाहकारहरु ,कार्यसमितिका सम्पुर्ण सदस्यहरु ,सम्पुर्ण बिभागीय प्रमुख तथा उप प्रमुख लगायत कतारमा कार्यरत नेपालीहरुको बाक्लो उपस्थितिमा थियो ।
दुई चरणगरी सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथी तथा बिशिष्ट अतिथीद्वारा व्यानर अनावरण गरि उद्दघाटन गरिएको थियो भने उपस्थित सम्पूर्ण बाट मुखारविन्दबाट राष्ट्रिय गित गाइएको थियो ।

कार्यक्रमका सयोजक गौतम तामाङले सो कार्यक्रमको स्वागत मन्तब्य राखेका थिए त्यस्तै बिशेष तामाङ जातिको मौलिक डम्फुको बारेमा सस्थाका बिशेस सल्लाकार माइला वाइबा तामाङले बोल्दै डम्फु तामाङ जातिको हरेक सास्कृतिक पर्वमा सांगीतिक समयमा अति आबस्यक रहेको भन्दै डम्फुको बारेमा स्पट पारे । तामाङ समाज कतारले स्थापना गरेको शैक्षिक बिकास कोष सम्बन्धि संयोजक नर बहादुर तामाङले बोल्दै समाजले किन र केको लागि शैक्षिक बिकास कोष स्थापना गरेको भनेर सम्पूर्णमा प्रस्टपारे  ।

त्यस्तै सुन्दर तामाङ, सोनी योन्जन,बिनिता योन्जन,पवित्रा तामाङ,इस्वोर तामाङ,आशीस तामाङ, सबिन तामाङ,युनिक तामाङ लगायतका कलाकारहरु आदिले डम्फुबाट उपस्थितहरुलाई स्वागत गरिएको थियो।
नेपाल र कतार बिचको मित्रता झल्कने गरि आकर्षक रुपमा सजाइएको मञ्चमा पहिलो चरणको कार्यक्रमको समाप्ती सँगै शुरु भएको दोस्रो चरणको सांगीतिक कार्यक्रममा उत्तर लामा,सुन्दर मोक्तान,कुमार ओखरेली इन्दिरा गोलेको स्वरमा तामाङ गीत प्रस्तुत गरिएको थियो भने तेस्तै मोइराम तामाङ,दिनेस तामाङले पनि म्हेन्दोमाया तथा सेलो गीत गाउदै दर्सकलाई नचाए ।
सल्मा तामाङ र पासाङ तामाङको स्यउ स्यउ नाना बोल्को युगल नृत्य,सिर्चेंन तामाङ नवराज योन्जन,सबिना तामाङ माया तामाङले दोलखा फेदा घर हाम्रो बोल्को सामुहिक ग्रुपिंङ नृत्यले पनि दर्सक लाई राम्रै मनोरन्जन दिए ।

कार्यक्रमको आकर्षण रुपमा रहेका नेपाल बाट आएका अतिथि कलाकारहरु शशीकला मोक्तानले नाचौ नाचौ लाग्यो मलाई,भुइको धुलो पानि झैँ पारेर लगायतका करिपन आधा दर्जन नेपाली तथा तामाङ सेलो गीत गायिन अर्का अतिथि कलाकार कीर्ति तामाङले पनि म्हेन्दोमाया गीत वला वला ग्राम्पारी किरिम फोर्थोला साली च्याङ्बा वम्बरी नाली बोर्थोला भन्ने गीत लगायत थुप्रै गीत गाउदै दर्सकलाई नाच्न बाध्य तुलाए ।

सचिव कुमारी बम्जम तामाङ र सदस्य सुबास तामाङले दोस्रो चरणको सांगीतिक कार्यक्रम संचालन गरेका थिए भने पहिलो चरणको औपचारिक कार्यक्रम सस्थाका महासहिव धिरेन तामाङले उद्घोषक गरेका थिए ।